US Khabar

टेक्ससबाट मायाज देशी बुटिक र हेम-सरिता फाउण्डेशनद्वारा १० हजार अमेरिकी डलर स्कलरसिप घोषणा

- Admin | ३ वर्ष पहिले प्रकाशित

टेक्ससबाट मायाज देशी बुटिक र हेम-सरिता फाउण्डेशनद्वारा १० हजार अमेरिकी डलर स्कलरसिप घोषणा

अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले बिद्यार्थीहरुका लागि १० हजार अमेरिकी डलरको छात्राबृत्तीको घोषणा गरेको छ । मायाज देसी बुटिकले सामाजिक हित र भ्रष्टाचार बिरुद्धको आवाज संगै बालबालिकाको शिक्षामा लामो समयदेखी सहयोग पुर्याउँदै आएको हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा गरेको हो ।

फेब्रुअरी १ तारिकका दिनबाट आवेदन खुल्ला गरिएको यस स्कलरसिपका लागि नेपाली लगायत, इन्डिया, भुटान, बंगालादेश, पाकिस्तानका, श्रीलंका र अमेरिकामा अध्ययनरत विद्यार्थीहरुले आवेदन दिन पाउने छन् ।

नेपाल लगायत बिभिन्न देशबाट अमेरिका आएर तथा अमेरिकी भै कन पनि आर्थिक समस्याका कारण डिग्री हासिल गर्नमा समस्या भोगिरहेका विद्यार्थीहरुलाई सहयोग गर्ने उदेश्यले सुरु गरिएको यस स्कलरसिपप्रति ईच्छुक बिद्यार्थीले केही प्रावधानमा रहनु पर्ने हुन्छ ।
जसमध्य
अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,
कम्तीमा ३ दशमलव ५ जीपीए भएको,
आर्थिक सहयता आवश्यकता भएको देखाउसक्ने,
सामाजिक विषयहरुप्रति लक्ष्यित संस्थामा सकृय रहेको विद्यार्थीले आवेदन दिनसक्ने छन् ।

अप्रिल १५ सम्म आवेदन खुल्ला गरिएको यस स्कलरसिपका लागि आवेदन दिनेहरुमध्य टप ५ छनौट गरी जुलाई १५ का दिन स्कलरसिप पाउने बिद्यार्थीको नाम घोषणा गरिने छ । त्यस अघि मे १५ मा टप ५ आवेदनहरु छनौट भएपछि छनौटमा परेका बिद्यार्थीले युनिभर्सिटीको ट्रान्सक्रिप्टका साथमा दुईवटा सिफारिस पत्र पेश गर्नुपर्ने हुन्छ ।

यस अघि हेम सरिता पाठक फाउण्डेशनले शिक्षा क्षेत्रमा गरेका केही कामहरु

१ ) झापा जिल्लाका निम्न आय र पिछाडिएका बर्गबाट १२ जना बिद्यार्थीको छनौट गरि स्थानिय कञ्चनजंघा बोर्डिगं स्कुलमा पढाईरहेको र जसमध्ये एक जनाले १२ कक्षा सम्मको अध्यन समेत पुरा गरेका छन् ।

२) बाजुरा जिल्लाका ३ जना असाह्य बच्चाहरुलाई काठमाण्डौमा ल्याएर पढाईरहेकोमा यस बर्ष क्भ्भ् पुरा गरि ऋत्भ्ख्त् अन्तरगतको ईन्जीनियरीङ अध्ययन गर्दै ।

३) भुकम्पले क्षती पु¥याएको सिन्धुपाल्चोकको दुर्गम गाउँको बछ्ना देबी माबिकोे भवनका ७ कोठा पुन निर्माण गरि हस्तान्तरण ।

४) काठमाण्डौको शंकरापुर नगरपालीका घुमारचौक स्थित उग्रतारा बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुका करिब ३० परिवारकालाई आय मुलक पेशाका लागि १५ हजार डलर सहयोग प्रदान ।

५) भुकम्पकाले घर भत्कीएका उग्रतारा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु मध्यवाट १० जना अति बिपन्न परिवार छनौट गरि घर निर्माण ।

६) भुकम्पले क्षती पु¥याएको उग्रतारा माबिको प्राथमीक तहको भवनको पुन निर्माण गरि एक भब्य कार्यक्रमका बिच मह जोडिको हातबाट बिद्यालयलाइ सांचो हस्तान्तरण ।

७) उग्रतारा मा.विका बिद्यार्थीहरुका लागि हेल्थ क्याम्प सञ्चालन ।

८) भुकम्पले पुर्ण रुपमा घरमा क्षेती पु¥याएका कारणले त्यसको असर बिद्यार्थीको पढनपाढनमा देखिएपछि उग्रतारा मा.विमा अध्यनरत बिद्यार्थीहरु मध्येबाट ४० परिवारका लागि अस्थायी आवास र शौचालयको निर्माण गरेको ।

(जसमध्य बुँदा नं.३, ५ र ६ मा भएका कार्यका लागि युएस नेपाला वेलफेयर सोसाईटि र गामाको सहकार्य रहेको थियो ।)

https://mayasdesiboutique.com/wp-content/uploads/2021/01/mayasdesiboutique-Scholar.pdf?fbclid=IwAR3DkvhbtpNQ1h4lfSblMRLUIMf_NtWcFVj54DpeT91IjWlrSxCKH0AVimw

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">