US Khabar

मिस्टर आरजेको साथमा समिर र रोषनीको नयाँ गीत ‘माकुरी’ सार्वजनिक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

मिस्टर आरजेको साथमा समिर र रोषनीको नयाँ गीत ‘माकुरी’ सार्वजनिक (भिडियो)

पछिल्लो समयका चर्चित युवा गायक समिर आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । नवराज कलाउनीको शब्द र मिस्टर आरजे अर्थात राजेन्द्र भट्टको संगीत रहेको ‘माकुरी’ बोलको गीत गायक समिर र गायिका रोषनी थापाको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।

डान्सिङ बिटमा रहेको यस गीतमा माया प्रेमको भाव अभिव्यक्त छ । मिस्टर आरजेको र्यापले अझै आकर्षक बनेको गीतको भिडियोमा चर्चित कलाकार हरिश निरौला, जीवेश गुरुगं, एलिशा राई, उसा उप्रेती स्मारिका एण्ड स्मारिका लगायतको अभिनय रहेको छ ।

बिधान कार्कीको निर्देशनमा निर्माण भएको भिडियोमा हरी हुमागाईंको छायांकन र बिकाश धमलाको सम्पादन रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">