रुपन्देहीमा ५ बर्षिया बालिकाको बलत्कार गरेका अभियुक्त पक्राउ गरेका छन् । गत माघ १ गते अबोध बालिकालाई बलत्कार गरेर फरार अभियुक्त कपिलवस्तु वाणगंगाका २८ वर्षका होमबहादुर विक पक्राउ परेका हुन् ।
माघ १ गते बलत्कारमा परेकी ति बालिकाको रुपन्देहीमा उपचार हुन नसकेपछि काठमाडौं पठाईएको छ । अत्यन्त कम उमेरकी बालिका माथि भएको यस कु्रर र अमानविय बलत्कारले बालिकाको अवस्था गम्भिर बनेपछि उनलाई रुपन्देहीमा उपचार गर्न असम्भव रहेको बताउँदै चिकित्सकको टिमले काठमाडौं लैजान परिवारलाई सल्लाह दिनु परेको थियो ।
बालिका बलत्कारको आरोपमा पक्राउ परेका होमबहादुर बिक तिलोत्तमा १३ मा मजदूरी गर्दै आएका ब्यक्ती हुन् भने बलत्कारमा परेकी बालिका तिलोत्तमा १५ कि नाबालक हुन् ।
प्रतिक्रिया