US Khabar

आफ्नै शब्द संगीतमा गायिका सिर्जना कार्कीको ‘फक्रिन नसकेको फूल’ सार्वजनिक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

आफ्नै शब्द संगीतमा गायिका सिर्जना कार्कीको ‘फक्रिन नसकेको फूल’ सार्वजनिक (भिडियो)

गायिका सिर्जना कार्कीको नयाँ गीत ‘फक्रिन नसकेको फूल’ गीत सार्वजनिक भएको छ । गायिका कार्की स्वयंको शब्द संगीत रहेको गीत भिडियो सहित यूटुव मार्फत सार्वजनिक भएको हो ।

जीवन र प्रकृतीको संयोजनमा तयार भएको गीत पप फ्लेवरमा रहेपनि मानविय जीवनको अर्थ र आफ्नो खोजीलाई गीतमा र भिडियोमा चित्रण गरेकाले गहिरो भावमा कलात्मक शैलीको गीत निर्माण भएको छ ।

संजिव बराईलीको संगीत संयोजन रहेको यस गीतको भिडियोमा गायिका सृजना कार्की र जीवन जंग थापाको अभिनय देख्न सकिन्छ । भिम मगरको निर्देशन रहेको भिडियोलाई प्रविण लिम्बुले छायांकन र मिलन विक्रम शाहले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">