कोरोना संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । मृतु हुनेमा पोखरा स्थायी घर भै हाल बेलायतको सडवरी टाउन बस्दै आएकी ३९ वर्षीया पुष्पा घले रहेकी छन् ।
ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी घलेको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई शनिबार नर्थवीक पार्क अस्पताल भर्ना गरिएको थियो । अस्पताल पुर्याएको ४ घण्टामा नै उनको निधन भएको हो ।
विगत १० बर्षदेखी परिवास सहित बेलायतमा रहँदै आएकी घलेका परिवार र संगै घरमा बस्नेहरु यतिबेला बेलायमा आइसोलेसनमा छन् ।
घलेको निधन संगै बेलायमा कोरोना संक्रमणबाट मृतु हुनेको संख्या ९ पुगेको छ । यस अघि शनिवार कै दिन स्याङ्जाको वालिङ घर भै हाल बेलायतको स्वीन्डनमा रहँदै आएका यामबहादुर मल (मल्ल) को निधन भएको थियो ।
प्रतिक्रिया