टोखाको ग्राण्डी भिला हाउजिङमा एक दम्पत्ती मृत फेला परेका छन् । सुर्खेत घर भै ग्राण्डी भिला हाउजिङमा बस्दै आएका सुदिक्षा गीरी र उनका श्रीमान उमेश केसी भिन्न भिन्न प्रकृतिमा आफ्नै अपार्टमेण्टमा मृत फेलन परेका हुन् ।
केही समय देखी बैबाहिक सम्बन्ध खराव रहेको बताईएको यस घटनामा श्रीमान ओछ्यानमा मृत भेटिएका थिए भने श्रीमती झुन्डिएको अवस्थामा फेला परे परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टका अनुसार घटनाको प्रारम्भिक अनुसार श्रीमतीले श्रीमानको हत्या पछि आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया