जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजनीतिक क्यान्सर भएको आरोप लगाएका छन्। काठमाडौमा बुधबार भएको अन्तर्क्रियामा भट्टराईले ओलीमा भएको क्यान्सरले सबैलाई खाने खतरा देखिएको टिप्पणी गरे ।
‘केपी ओली राजनीतिक क्यान्सर हुन्। नेकपाभित्र पलाएको त्यो क्यान्सरलाई पालेर राख्नुभयो भने तपाई नेकपा कार्यकर्तालाई त खान्छ, खान्छ हामीलाई पनि खाने खतरा छ,’ भट्टराईले भने, ‘हामीले संयुक्त आन्दोलन जोड्न नसके जनता आउँदैन, जनता नआए राजनीतिक क्यान्सलाई फाल्न सकिँदैन।’
भट्टराईले जनतालाई आन्दोलनमा उतार्न मिलेर संर्घष गर्नुपर्नेमा जोड दिए । उनले दलहरुले आत्मसमीक्षा गरेर संघीय लोकतान्त्रिक व्यवस्था बचाउँन संयुक्त आन्दोलन गर्नुपर्ने विचार राखे ।
प्रतिक्रिया