US Khabar

अमेरिकाको न्युयोर्क डिस्ट्रिकबाट सिटी काउन्सिलमा नवराज केसीको उमेद्वारी-नेपालीहरु गौरवाम्वित

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिकाको न्युयोर्क डिस्ट्रिकबाट सिटी काउन्सिलमा नवराज केसीको उमेद्वारी-नेपालीहरु गौरवाम्वित

अमेरिकाको न्युयोर्क डिस्ट्रिकबाट सिटी काउन्सिलमा यसस पटक नवराज केसीले उमेद्वारी दिएका छन् । लामो समयदेखी अमेरिकामा रहँदै आएका नेपालीमूलका केसीले न्युयोर्कको डिस्ट्रिक १९ बाट सिटी काउन्सिलका लागि निर्वाचनमा उमेद्वारी दिएका हुन् ।

नेपाली मुलका नवराज केसीको यस उमेद्वारीलाई न्यूर्योक राज्य र सिंगो अमेरिकी नेपाली समुदाय साथै नेपाल र अन्य देशमा रहेका नेपालीहरुले समेत उत्सुकता र गर्वको रुपमा हेरिरहेका छन् ।

नेपाली मुलका केसीको यस उमेद्वारी सम्पूर्ण नेपालीको प्रतिनिधी उमेद्वारी रहेको भन्दै अमेरिकामा रहेका नेपालीहरुले खुषी ब्यक्त पनि गरेका छन् ।

नेपाली समाज ग्रेटर न्यु योर्क का उदियमान नेताका रुपमा हेरिएको केसीको यस उमेद्वारी नेपाली समुदायको लागि गर्वको बिषय रहेको सामाजिक संजालहरुमा प्रतिकृया आईरहेका छन् ।

राम्रो सामाजिक र राजनितीक छवि बनाएका केसीको बिजयी यात्राका लागि आर्थिक सहयोग समेत आवश्यक रहेको छ । तसर्थ नेपाली समुदायको प्रतिनितित्व स्वरुप उनको यस उमेद्वारी सफल बनाउन $10 देखी $175 सम्म आर्थिक सहयोगको लागी पनि आव्हान गरिएको छ ।

नवराज केसीको उमेद्वारी र बिजय सम्मको यात्राका लागि आर्थिक सहयोग गर्न चाहनुहुनेहरुले तलको लिंकमा जानुहोस् ।

https://www.nycvotes.org/campaigns/nabarajkc/contributions/new

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">