गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रचण्डलाई प्रधानमन्त्री हुन रोक्न संसद् भंग गरेको बताएका छन् । ओली समूहले भरतपुर आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री बन्ने महत्वाकांक्षाका कारण प्रचण्डले पार्टी नेतृत्व र प्रधानमन्त्रीविरुद्ध सुनारको सय चोट जसरी निरन्तर प्रहार गरेको उनले दाबी गरे ।
बादलले भने, ‘प्रचण्डले सोनारको सय चोटजसरी हानिरहे । हामीले पनि लोहारको एक चोट भनेजसरी संसद् भंग गरिदिएर प्रधानमन्त्री बन्ने प्रचण्डको बाटो नै बन्द गरिदियौँ ।’ प्रधानमन्त्री हत्याउने प्रचण्डको योजना असफल बनाउन संसद् विघटन गरिएको जनाउँदै बादलले प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सी बाहेक अरुको चिन्ता नभएको जनाए ।
विचार र सही नेतृत्व भएकाले आफूले ओलीलाई साथ दिएको उनको स्पष्टिकरण छ । उनले जनताको बीचमा गएर निर्वाचित हुन र अध्यक्ष बन्ने भए महाधिवेशनबाट विजयी भएर आउन प्रचण्डलाई चुनौति दिए । आगामी चुनाव प्रचण्डका लागि यो अवसरसमेत भएको उनले जिकिर गरे ।
प्रतिक्रिया