US Khabar

टेक्ससको चर्चमा गोली हानी पादरीको हत्या- हत्यारा सहित ३ जना घाईते

- Admin | ३ वर्ष पहिले प्रकाशित

टेक्ससको चर्चमा गोली हानी पादरीको हत्या- हत्यारा सहित ३ जना घाईते

टेक्ससको एक चर्चमा गोलीकाण्ड हुँदा चर्चका पादरीको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । आइतबार विहान टेक्सासको स्टारभिलमा रहेको स्टारभिल मेथोडिस्ट चर्चमा गोली चल्दा चर्चका पादरीको मृत्यु हुनुका साथै २ जना घाईते भएका हुन् ।

मृतक पादरी र घाईतेहरुको नाम खुल्न बाँकी यस घटना आइतबार बिहान ९ः२० मिनेटमा भएको थियो । प्रारम्भिक अनुसन्धानमा उल्लेख भए अनुसार गोली चलाउने ब्यक्ती अपराधिक कृयाकलापमा संलग्नताका आधारमा प्रहरीले उनको पक्राउको लागि पिछा गरेको थियो । आफुलाई प्रहरीले पिछा गरेको थाहा पाएपछि लुक्नका लागि गीर्जाघर पसेका थिए ।

गीर्जाघर भित्र अचानक नयाँ मान्छे देखेपछि पादरीले उनलाई डर देखाएर रोक्न खोजेपछि उनि संगकै बन्दुक खोसेर ति ब्यक्तीले पादरीको हत्या गरेका थिए ।

हत्या गरेर भागेका उनलाई कुकुर र ड्रोनको प्रयोग गरि खोज गरेका थिए । खोजिका क्रममा स्टारभिल मेथोडिस्ट चर्चको शौचालयमा आइतबार भेटेर पक्राउ गरेको थियो ।

पादरी र अन्य दुईलाई गोली हानेका उनलाई समेत हातमा गोली लागेको छ । यसअर्थ पादरी र उनि बिच या अन्य २ घाईतेबिच भिडन्द भएको हुनसक्ने पनि आशंका गरिएको छ । उनलाई अस्पताल लागिएको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">