सन् २०२० को सिंगो बर्ष आतंकका रुपमा विश्वभर फैलिरहेको कोभिड १९ को संक्रमणबाट बेलायतमा फेरी एकजना नेपालीले ज्यान गुमाएका छन् । कोभिड संक्रमणबाट बेलायत निवासी ५८ बर्षिय पूर्व गोर्खा सैनिक खुशीमान गुरुङको नर्थहोल्ट पार्क अस्पतालमा उपचारका क्रममा बुधबार साँझ निधन भएको छ ।
उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित गुरुङलाई कोरोना संक्रमणपनि देखिएपछि १८ दिनअघि अस्पताल भर्ना भएका थिए ।
पर्वत जिल्लाको रापुमा जन्मिएका मृतक गुरुङ तमु समाज यूकेको वर्तमान कार्यसमितिका सदस्य पनि हुन् ।
मृतक गुरुङका श्रीमती र एक छोरा छन् ।
प्रतिक्रिया