US Khabar

सन्तोष सुनारको शब्द, संगीतमा आशिष सचिनको ” ए मुना ” सार्बजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

सन्तोष सुनारको शब्द, संगीतमा आशिष सचिनको ” ए मुना ” सार्बजनिक

‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यैरी’ जस्ता सफल गीतका गायक आशिष सचिनको नयाँ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक ‘ए मुना’ बोलको गीतमा आशिषसँगै प्रविशा अधिकारीको पनि स्वर सुन्न सकिन्छ । सेन्टिमेनटल स्याड भर्जनमा तयार भएको यस गीतमा सन्तोष सुनारको शब्द तथा संगीतमा रहेको छ ।

गीतको भिडियोमा गायक आशिष सचिन र सम्पदा बाँनियाको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेम र विछोडको पीडालाई देखाइएको छ ।

मनोज बस्नेतको कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीले गरेका छन् ।

गायक सचिन यस गीतबाट निकै आशावादी देखिन्छन् । आफूले गरिरहेको भन्दा केही फरक शैलीमा यस गीत तयार भएको आशिषले बताए ।

उनी भन्छन्, ‘मेरो यसअघिका गीतभन्दा यो गीत निकै भिन्न छ । मैले पहिलो पटक स्याड गीत गाउने प्रयास गरेको छु । आशा छ, हामीलाई यस गीतमा पनि पहिलाको जस्तै माया गर्नुहुनेछ ।’

अडियो तथा भिडियोमा आफू र आफ्नो टिमले निकै मिहिनेत गरेको भन्दै दर्शक-श्रोताले मन पराउनेमा गायक सचिन ढुक्क छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">