US Khabar

आँचल र नाजिरको ‘तोरी पेली तेल’को भिडियो प्रतिस्पर्धा:  उत्कृष्ट भिडियोलाई डेढ लाख पुरस्कार

- Admin | ३ वर्ष पहिले प्रकाशित

आँचल र नाजिरको ‘तोरी पेली तेल’को भिडियो प्रतिस्पर्धा:  उत्कृष्ट भिडियोलाई डेढ लाख पुरस्कार

 आँचल शर्मा र नाजिर हुसेन अभिनित ‘तोरी पेली तेल’ बोलको गीत रिलिज भएसँगै राम्रो चर्चा बटुलीरहेको छ । जसको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई डेढ लाख नगदसहित सम्मान गरिने भएको छ ।

क्याडी इन्टरटेन्मेन्टका अनुसार उत्कृष्ट भिडियो बनाउने प्रतियोगीलाई एउटा भिडियोमा काम गर्ने अवसर समेत दिइनेछ । दीपक शर्माको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार भएको भिडियोमा प्रेम र रोमान्सका रमाइला पलहरु समावेश गरिएको छ ।

जसमा अस्मिता अधिकारी र प्रनय क्याडी श्रेष्ठको स्वर रहेको छ । विकास धमलाको सम्पादन, सबोल जोशीको कोरियोग्राफी, वुद्ध थापाको छायांकन रहेको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">