सरस्वती शर्मा सरु, विस्कन्सिन
अमेरीका गैर आवासिय नेपाली सँघ अमेरीका आइवा च्याप्टरले पनि कोरोना भाईरसको बिपदमा सहयोगी हात बढाएको छ । च्याप्टरका अध्यक्ष तारा मरहठ्ठा र सचिव ज्योती बराल तथा प्रदिप पौडेलको पहलमा उक्त स्थानिय स्तरमा रहेका कोभिड नाईन्टिन टेस्टिङ टिमलाई खाना खुवाएर सेवाका लागि हात बढाएको हो ।
दिनरात नभनि विरामीको उपचारका लागि खटिनु भएका समाजका हिरोहरुलाई खाना खुवाउन पाउदा आफुहरुलाई पनि खुशी लागेको अध्यक्ष ताराले बताउनुभएको छ । “हामी त घरभित्र सुरक्षित छौ तर समाजका लागि आफ्ना घरपरिवारलाई टाढा राखेर काममा खटिनुभएका समाजका हिरोहरुलाई सानो भएपनि सहयोग गरौ भनेर हामिहरुले रात्रिभोजको आयोजना गरेका हौ ” च्याप्टर अध्यक्ष मरहठ्ठाले भन्नुभयो । उहाहरुले करिव ३५ जना स्थानिय स्वास्थ्यकर्मीलाई शुक्रबारको रात्रि भोज गराउनु भएको हो । यस्तै आइवा च्याप्टरले कोरोना भाईरस अर्थात कोभिड १९ को कहरका कारण बजारमा पाउन मुस्किल भईरहेका टाईनोल र थर्मामिटर न्योर्क सिटिमा रहने नेपालीहरुका लागि पठाएको छ ।
न्योर्क र न्यु जर्सि अहिले कोरोनाका कारण मुख्य ग्रसित क्षेत्र मानिन्छ । त्यसैकारण त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीलाई सानो भएपनि सहयोग स्वरुप उक्त ३० वटा थर्माेमिटर र ७ बाकस टाईनोल पठाएको आइवा च्याप्टर अध्यक्ष तारा मरहठ्ठाले जानकारी दिनुभएको छ । उहाहरुले अझै पनि सक्दो सहयोग लाई निरन्तरता दिने बताउनुभएको छ ।
प्रतिक्रिया