US Khabar

अमेरिकन इतिहासकै सबैभन्दा खतरनाक मध्येका एक सिरियल किलर स्यामुअल लिटलको मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिकन इतिहासकै सबैभन्दा खतरनाक मध्येका एक सिरियल किलर स्यामुअल लिटलको मृत्यु

अमेरिकन इतिहासकै सबैभन्दा खतरनाक मध्येका एक सिरियल किलर स्यामुअल लिटलको मृत्यु भएको छ । अमेरिकाका बिभिन्न १३ राज्यमा कम्तीमा ९३ जनाको हत्या गरेको स्वीकारेका सिरियल किलर स्यामुअलको ८० बर्षको उमेरमा बुधबार मृत्यु भएको हो ।

आफ्नो जीवनको प्राय सम्पूर्ण नै समय अपराधमा नै बिताएका स्यामुअलले सन् २०१४ मा पनि एकसाथ ३ जनाको हत्या गरेका थिए । खतरनाक सिरियल किलरका रुपमा चिनिएका उनले एक जनाको हत्या पनि पुन सोही सिटीको अर्को ब्यक्तीको पनि हत्या गर्दै आएका थिए ।
यौनकर्मीहरु, लागुऔषधका प्रयोगकर्ताहरु र गरिबहरुलाई उनले निशाना बनाउँदै आएका स्यामुअलले निशानामा परेकाहरुमध्य अधिकांश अश्वेत महिलाहरु थिए । जसमध्य उनले हत्या स्वकारेका घटनाका दजर्नौं ब्यक्तीको पहिचान समेत प्रहरीले गर्न सकेको छैन ।

स्यामुअलले सन् २०१८ पछि आफूले गरेका हत्याबारे स्वीकार्न सुरु गरेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">