कोरोना भाईरस संक्रमणबाट पोर्चुगलमा फेरी एकजना नेपाली युवकको मृत्यु भएको छ । तनहुँका स्थायि बासिन्दा २७ बर्षिय तिलबहादुर रानाको संक्रमणबाट पोर्चुगलमा मृत्यु भएको हो ।
विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट पिडित रानाको लामो समयदेखी आइसोलेशनमा राखेर उपचार हुँदै आएपनि अन्तत उनको पोर्चुगलको साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा मृत्यु भएको हो ।
राना दुई वर्ष अघि मात्र पोर्चुगल आएका थिए ।
प्रतिक्रिया