नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड १९ को खोप बितरणमा अमेरिकाले धेरै ढिलाई गरेको बताएका छन् । कोभिड १९का कारण चरम पिडामा रहेका अमेरिकी बासीको संवेदनशिल अवस्थामा पनि खोपहरु आवश्यक मात्रामा बितरण हुन नसक्नुप्रति दुख ब्यक्त गरेका हुन् ।
ट्रम्प प्रशासनले देशभर कोविड(१९ को खोपहरू वितरण गर्ने योजना ल्याउन ढिलाई गरेकै कारण अमेरिकाले ठुलो मानविय क्षती ब्यहोर्नु परेको प्रति दुख ब्यक्त गर्दै बाइडेनले यस बिषयमा सरकार गम्भिर बनेको भए यति ठुलो संख्यामा मानविय क्षती संगै संक्रमणको बिस्तार नहुने आसय ब्यक्त गरेका हुन् ।
उनले “केही हप्ता अघि ट्रम्प प्रशासनले डिसेम्बरको अन्त्यसम्ममा २ करोड अमेरिकीहरूलाई खोप दिने जनाएको तर डिसेम्बर महिनानै सक्किसकेकोले यो भनाई र गराईमा तालमेल नदेखिएको बताए ।
बाइडेनले खोप कार्यक्रम हालको गतिमा जारी रह्यो भने अमेरिकी जनतालाई खोप दिन महिना हैन बर्षौं पनि लाग्न सक्ने भन्दै यस बिषयमा ध्यानाकर्षण पनि गराएका छन् ।
यसै साता नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना विरुद्धको खोप लगाएका छन्। फाइजरले उत्पादन गरेको खोपको पहिलो मात्रा उनले लिएका हुन्।
आफूले खोप लगाएको दृश्य उनले टेलिभिजनमा प्रत्यक्ष प्रसारण गराएका छन्। उनले भनेका छन्, ‘खोप सुरक्षित छ भनेर सबै अमेरिकीलाई आश्वास्त पार्न प्रत्यक्ष प्रसारण गरेको हुँ।’
अमेरिकी सञ्चारमाध्यमका अनुसार यसअघि बहालवाला उपराष्ट्रपति माइक पेन्स, सभामुख न्यान्सी बेलोसी लगायतले यो खोप लगाइसकेका छन्।
अमेरिकी प्रणाली अनुसार मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोरल कलेज सदस्यहरुले राष्ट्रपतिका लागि मत दिन्छन् । इलेक्टोरल कलेजले बाइडेनको जित पुष्टी गरेसंगै अव अमेरिकामा राष्ट्रपती जो बाइडेन रहने आधिकारिकताको बाटो खुल्ला भएको छ । अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडेनको जित भएको पुष्टि गरेका हुन् ।
नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल मत पाएका थिए भने उनको विपक्षी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल कलेज मत प्राप्त गरेका थिए । डेमोक्र्याटिक उम्मेदवार बाइडनले ट्रम्पलाई चुनावमा हराएर राष्ट्रपति चुनिएका हुन् । बाइडनले देशव्यापी रूपमा ट्रम्पको भन्दा सात करोड बढी मत ल्याएका छन्।
नव निर्वाचित राष्ट्रपति बाइडेनले अब आउँदो जनवरी २० तारिखमा राष्ट्रपतिको शपथ लिने कार्यक्रम रहेको छ ।
एजेन्सी
प्रतिक्रिया