मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको प्रचण्ड माधव नेपाल पक्षले बागमती प्रदेशसभा संसदीय दलको बैठक बोलाएको छ ।
मुख्यमन्त्रीमा प्रस्तावित प्रदेश इन्चार्ज समेत रहेकी अष्टलक्ष्मी शाक्यले दलको बैठक बस्न काठमाडौमा बस्ने लागेको बताइन् । आफ्नो पक्षमा नेकपाका बहुमत सांसद रहेको र उनीहरु अहिले राजधानीमै रहेकाले केन्द्रीय कार्यालय पेरिसडाँडामै संसदीय दलको बैठक बस्ने शाक्यको भनाइ छ ।
अविश्वासको प्रस्तावपछि मुख्यमन्त्री पौडेलले उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई मंगलबार बर्खास्त गरेका थिए । शाक्य तत्कालिन एमालेको संसदीय दलको नेतामा डोरमणि पौडेलसँग १० मतले हारेकी थिइन् ।
यसै साताको सुरुमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइमा प्रस्ताव दर्ता गरिएको हो ।
४५ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो । वाग्मती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।
पौडलेको मन्त्रिपरिषद्का तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीमा अरुण नेपाल, शरद दुलाल र शालिकराम जमकट्टेल छन् ।
प्रतिक्रिया