लोकप्रिय नायक दिलीप रायमाझी र कविता नेपालीको अभिनय रहेको ‘के छ ज्यानलाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक तथा सर्जक हेमन्त कान्छा र गायिका निता पुन मगरको सहकार्यमा तयार भएको गीत भिडियो सहित सार्वजनिक भएको हो ।
हेमन्त कान्छा र निता पुन मगरको आवाज रहेको गीतलाई रमेश विजीले शब्द सिर्जना गरेका हुन भने संगीत र संगीत संयोजन हेमन्तकै रहेको छ । कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा दिलिप र कविताको बेजोड अभिनय देख्न सकिन्छ । करन चैसिरले छायांकन गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।
https://www.youtube.com/watch?v=leWd6OcrySU
प्रतिक्रिया