US Khabar

प्रताप दासको ‘भट्टीवाली’मा दुर्गेश र रियाशाको अभिनय ( भिडियो )

- Admin | ३ वर्ष पहिले प्रकाशित

प्रताप दासको ‘भट्टीवाली’मा दुर्गेश र रियाशाको अभिनय ( भिडियो )

दुर्गेश थापा र रियाशा दाहाल फिचर्ड ‘भट्टीवाली’ शिर्षकको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। यस गीतमा प्रताप दासको स्वर र जगत तिरुवाको र्याप समेत समावेश छ। गीतमा शब्द राम कृष्ण महराको रहेको छ। यस गीतलाई सिद्धान्त परियारले संगीतवद्द गरेका हुन्। गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा दिनेश थापा ‘आयुष’, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको समेत अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन्।

भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो। ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">