दुर्गा दाहाल
सम्माननिय प्रधान मन्त्री जी को संसद बिघटनको निर्णय ठिक वा बेठिक के हो ? भन्ने कुराको निक्र्यौल गर्ने काम संविधानबिद्हरु र सर्वोच्च अदालतले गर्नेछ । राजनितीमा बिभिन्न प्रकारका उतार चढाव संसारका बिभिन्न मूलुकहरुमा भै नै रहन्छन् । जसरी वायु मण्डलमा तापक्रम र हावाको गती परिवर्तन भै रहन्छ । बहुमत प्राप्त जनादेश पाएको सरकारले देशको दैनिक प्रसाशनिक काम बाहेक विकाश सम्बन्धी कार्यहरु गर्न नातावाद र कृपावादका जालो झेल्न पनि साना तिना कसरतहरु ग्रिरहेको अनुभव पनि आम नेपालीहरुले गरिहेका छन् । जनादेश पाएको सरकारलाई आफ्नै पार्टीका नेताहरुले हरेक काममा बाधा र अड्चन पुर्याईरहेको पनि हरेक नेपालीहरुले आफ्नै आँखा अगाडी देखी रहेका छन् ।
हालको परिस्थितीमा नेपाली जनताहरु एक प्रकारको वलिको बोको भएको अनुभूती हुन्छ । मुलुकको हरेक क्षेत्रमा राजनितिकरण भएको छ । स्कुल, कलेज, विश्व बिद्यालय, सरकारी कार्यलयहरु, गाउँ देखी राज्यको माथिल्लो तहसम्म राजनितिकरण भएको छ । वहुमतको सरकार वा मिलिजुली सरकार होस् हरेक क्षेत्रमा राजनितिकरणले जरा गाडेको छ । जव सम्म यो राजनितिकरणलाई वढवा दिईन्छ, तव सम्म यो मुलुकको संवृद्धी र विकाश सम्भव छैन भन्ने कुरा एकिनका साथ भन्न सकिन्छ ।
हरेक क्षेत्रमा खुलेआम राजनितिकरण भएको छ । के नेपाली दाजु भाई, दिदी बहिनी र आमाहरुले यस्तो राजनिती चाहेकम हुन् त ?
मूलुकमा फैलिएकोे कहाली लाग्दो राजनितिकरणले नेपालको राजनैतिक गतिविधी, आर्थिक गतिबिधी, शैक्षिक गतिविधी, सामाजिक गतिविधी र विकाशका गतिविधीमाथी टट्कारो रुपमा असर पारेको छ ।
जनता, जनता भएर बाँच्न चाहन्छन् । कुनै ब्यक्ती बिषेशको गुलामी भएर होईन, राजनिती गाउँबाट सुरु हुन्छ, सिंहदरबारवाट होईन । ब्यक्ती पूजा गर्ने राजनैतिक व्यवस्थाको अनुकरण गरेर राष्ट्रको विकाश सम्भव छैन । झन् यसले विनास गर्छ । हामी सबै मिलेर ३० बर्षे पंचायती कालारात्री भनेर बिदा त गर्यौं, बहुदल सुरु भएको पनि ३० बर्ष नाध्यो । अव हामी हेर्दै र अनुभव गर्दै छौं बहुदलको मुल्याङ्कन । बहुदल अति राम्रो हो । प्रजातन्त्र चाहिन्छ । तर व्यक्ती पूजा गर्ने प्रजातन्त्र होईन । राजनैतिक ब्यक्तीत्व नबोकेको कुनै पनि ब्यक्ती यो भूगोलमा छैन । यसको अर्थ यो होईन कि, सबैले पार्टीको झण्डा बोक्नु नै पर्छ । शुक्ष्म दृष्टीकोणको अनिकाल परेको मुलुक हो हाम्रो । संधै अन्यौल नै अन्यौल । गुठगत राजनितीले जनताहरु अलमलिएका छन् । कसको गुठमा लाग्ने ? केपी ओली, शेर बहादुर, माधव नेपाल,झलनाथ,प्रचण्ड, रामचन्द्र, आदी ईत्यादी ।
यसबाट के के देखिन्छ भने नेताहरु आफ्ना कार्यकर्तालाई मात्र सुविधा दिलाउने, गलत कृयाकलापहरुको संरक्षण गर्ने लगायतका निन्दित कार्यहरुले गर्दा सबै नेताहरुमा प्रश्नवाचक चिन्ह उभिएकोे आम आम जनताको भनाई बुझिन्छ । जुन प्रकारको राजनितीक परिपाठीको बिकास भएको छ, यसले सम्पूर्ण राष्ट्रभक्ती नेपालीको शक्ती कमजोर हुँदै गैरहेको आभाष हुन्छ । देशको हरेक शैक्षिक, सरकारी, अर्ध सरकारी संघ संस्थाहरुमा राजनिती कारण बन्द हुनु जरुरी छ । राजनिती करण बन्द हुनु जरुरी छ । राजनिती सेवा होईन एउटा ब्यपार बनेर गएको छ, यो रोक्किए पनि आजको आवश्यकता हो । संसारका कुनै पनि मुलुकमा जनताले तिरेको करमा राजनिती हुँदैन तर हाम्रो मुलुकको त्यसको बिपरित हुन्छ ।
देशको महत्वपूर्ण ओहोदामा पुगेका राजनैतिक ब्यक्तीहरुले केवल आफ्ना नजिकका नातेदारहरुलाई मात्र राज्यको सुविधा भोग गराउने प्रवृतिले आम जन मानसमा नैरस्यता छाएको देखिन्छ । देशको पुरा संयन्त्रलाई नयाँ दिशामा परिवर्तन गर्नु पर्ने देखिन्छ । नातावाद, कृपावाद र भ्रष्टचारले पुरा जरा गाडेको छ । आम देशवासीले सन्तोषको शास फेर्ने कुनै ठाउँ देखिन्न । नेपाल राष्ट्र सबै नेपालीको हो । यो कुनै ब्यक्ती बिशेष वा राजनैतिक पार्टीको पेवा होईन । राष्ट्रका सुविधाहरु सम्पूर्ण नेपालीले प्रतिस्पर्धात्मक रुपले भोग गर्न पाउनु पर्दछ ।
समयका बिभिन्न काल चक्रहरुमा मौका अनुसार राजा देखी राजनैतिक पार्टीका नेताहरुले पनि आफ्नो स्वार्थको लागि मनपरि ढङ्गले सरकार उथलपुथल गर्ने कार्य गर्ने गराउने, गरिरहेकै छन् । अव आज को दिनमा को ठिक को बेठीक भन्ने ठाउँ देखिएन । कता कता भान हुन्छ, संघियता अफाप हुन लागेको त होेईन ? संघियतामा जनतालाई के फाईदा छ ? यो त केवल पार्टी कार्यकर्तालाई सुविधा भोग गराउने थलो मात्र जस्तो लाग्छ ।
राज्यसंग संघियता धान्ने योग्यता छैन भने संघियता बिदा गर्ने बाटो रोज्नु नै राम्रो होला भन्ने आम जनताको बुझाई छ । राज्य संयन्त्रलाई उचित मार्गमा डोहोर्याउन, जनताको भावनालाई एकत्रित गर्नु परे, जनमत किन नगर्ने ?
प्रतिक्रिया