US Khabar

कामचलाउ बनेका प्रधानमन्त्री ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा – को-को बन्दै छन् मन्त्री ?

- Admin | ३ वर्ष पहिले प्रकाशित

कामचलाउ बनेका प्रधानमन्त्री ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा – को-को बन्दै छन् मन्त्री ?

प्रतिनिधिसभा विघटन भएपछि कामचलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् ।

संसद विघटनको विरोधमा ७ मन्त्रीले राजीनामा दिएपछि खाली मन्त्रालयमा पदपूर्ति गर्ने उनको तयारी छ । टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल लगायतको नाम मन्त्री बन्ने चर्चामा छ ।

आज बेलुका मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बालुवाटार स्रोतले आजै मन्त्रिपरिषद् पुनर्गठन र विस्तार हुन सक्ने जनाएको छ । सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">