प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहलाई कार्वाहीको चेतावनी दिएका छन् । बिहीबार दिउँसो आफ्ना पक्षका केन्द्रीय कमिटी सदस्यको बालुवाटारमा भएको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र ओली समुहलाई सम्हालिएर नआएको खण्डमा कारवाही गर्न बाध्य भईने भन्दै अनुरोध सहितको चेतावनी दिएका हुन् ।
बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले प्रचण्ड र नेपालले आफुलाई अनेक आरोप र उल्झनमा राखेर काम गर्न नदिएको स्मरण उदाहरण सहित सुनाएका छन् ।
प्रचण्ड नेपाल समूहको आजै बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध पुस १४ गते देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । आन्दोलन परिचालन समितिको संयोजकमा समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया