यस बर्ष अत्याधिक स्रोता दर्शकले मन पराएको गीत हेर यो मुटुमा चिरा पर्या छ को फिमेल आवाज सार्वजनिक भएको छ । बादल थापाको शब्द संगीत रहेको यस गीत गायिका अस्मिता अधिकारीको आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।
यस अघि यो गीत यस गीतका रचनाकार तथा संगीतकार बादल थापाले नै यो गीतमा आवाज भरेका थिए । फिमेल भर्सनको नयाँ गीतमा सपोर्टेट भोकल स्मृती शाही र पुष्पा बोहोराको रहेको छ ।
विश्वास नेपालको संगीत संयोजन रहेको गीतमाथी बनेको भिडियोमा मुख्य कलकार जिबी चिरन चिरन्जिवी सापकोटा र रोशनी कार्की संगै कलाकार प्रेम पुरी पनि दोहोरिएका छन् । हेर यो मुटुमा गीतकै कथाबाट सुरु हुने यस गीतको फिमेल भर्सनमा समिक्षा पोेख्रेल र मनिशा आचार्यको पनि अभिनय रहेको छ ।
अतिथी कलाकारका रुपमा दुगेश थापाको समेत अभिनय रहेको भिडियोलाई सृजन बरालको निर्देशनमा निर्माण भएको भिडियोलाई दिपक गीरीले खिचेका हुन् भने सम्पादन दिन्शन शाहको रहेको छ ।
प्रतिक्रिया