US Khabar

कोरोना संक्रमणबाट बेलायतमा फेरी एक नेपालीको मृत्यु: नेपाली मृतकको संख्या ८ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोना संक्रमणबाट बेलायतमा फेरी एक नेपालीको मृत्यु: नेपाली मृतकको संख्या ८ पुग्यो

कोरोना संक्रमणबाट बेलायतमा फेरी एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको वालिङ घर भै हाल बेलायतको स्वीन्डनमा रहँदै आएका यामबहादुर मल (मल्ल) रहेका छन् ।

भूपू गोर्खा सैनिक समेत रहेका मलको कोरोना संक्रमणबाट शनिवार उपचारका क्रममा निधन भएको हो ।

यस अघि कोरोना भाईरसको संक्रमणबाट ३ दिन अघि पर्वत स्थायी घर भई हाल बेलायतको अल्पर्टनमा बस्दै आएका तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष समेत रहेका ५९ वर्षीय चेत प्रसाद गुरुङ को निधन भएको थियो ।

यो संगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ८ जना नेपालीको ज्यान गैसकेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">