US Khabar

अमेरिका कोलोराडो निवासी गम्भिर बिरामी सृष्ठी प्रधानको सहयोगार्थ गो फण्ड सञ्चालन

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिका कोलोराडो निवासी गम्भिर बिरामी सृष्ठी प्रधानको सहयोगार्थ गो फण्ड सञ्चालन

२ साता देखी गम्भिर बिरामी भएकी अमेरिका कोलोराडो निवासी नेपाली चेली सृष्ठी प्रधानको उपचार सहयोगार्थ गो फण्ड सञ्चालन गरिएको छ । ७ दिन भेन्टिलेटरमा राखेर उपचार गरेपनि उनको स्वास्थ्य अवस्था अझै जटिल रहेकाले उनको सयोगार्थ गो फण्ड संचालन गरिएको हो ।

केही समय अघि मात्र विवाहित र ग्रयाजुएट सृष्ठीका साथीहरुले नै उनको उपचार र भविष्यमा चाहिने खर्च जुटाउन गोफण्डमा सहयोग संकलन सुरु गरेका हुन् ।

निमोनियाका कारण डिसेम्बर ७ मा दमको गम्भीर आक्रमणले सिकस्त भएपछि उनलाई डेनभरको पार्कर अस्पतालमा भर्ना गरिएको थियो । स्वासप्रस्वासमा समस्या भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको थियो ।

चिकित्सकहरुका अनुसार सृष्ठी पहिलेको तुलनामा स्वास्थ्यमा केही सुधार भएपनि अझै बोल्न ,हातखुट्टा चलाउन र उठबस गर्न नसक्ने अवस्थामा रहेकी छिन् । । अचेत र प्यारालाइज समेत भएकी उनको अहिले होस भने फर्केको बताईएको छ ।

सृष्ठी प्रधानको उपचार सहयोगार्थ रकम संकलन गर्न चाहनु हुन्छ भने तलको लिंकमा जानुहोस् 

https://www.gofundme.com/f/help-shreeshti-in-her-recovery

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">