US Khabar

NACC र तराईबासी अमेरिकन नेपाली समुदायको संयुक्त आयोजनामा ‘बिबाह पञ्चमी महोत्सव’ मनाईंदै

- Admin | ३ वर्ष पहिले प्रकाशित

NACC र तराईबासी अमेरिकन नेपाली समुदायको संयुक्त आयोजनामा ‘बिबाह पञ्चमी महोत्सव’ मनाईंदै

अमेरिकामा बिबाह पञ्चमी महोत्सव मनाईने भएको छ । नेपाली अमेरिकन सामुदायिक केन्द्र NACC र तराईबासी अमेरिकन नेपाली समुदायको संयुक्तको आयोजनामा आउँदो डिसेम्बर १९ शनिवारका दिन बिबाह पञ्चमी महोत्सव मनाउन लागिएको हो ।

विश्वप्यापी महामारी कोभिड १९ का कारण जुम मार्फत आयोजना हुन लागेको यस महोत्सव शनिवार अमेरिकन समय अनुसार बिहान १० बजेबाट सुरु हुनेछ ।

यस बिषयमा जारी गरिएको वक्तब्यमा भनिएको छ , हाम्रो धरोहर धार्मीक ग्रन्थहरुमा उलेख गरि बिभिन्न बिद्वानहरुले बर्णन गर्नु अनि आफ्नै आँखा अगाडी प्रत्यक्ष्य रुपमा देख्न सकिने मिथिलान्चलको राजधानी जनकपुरको जानकी मन्दिर र रंगभुमीमा परापुर्व काल देखी मार्ग सुक्ल पंचमिका दिन मनाइने सनातन धर्म र हाम्रो रिति रिवाजको प्रतिक राम नवमी बिबाह पंचमी आउदो शनिवार डिसेम्बर १९ नेपाली अमेरिकन सामुदायिक केन्द्र र तराईबासी अमेरिकन नेपाली समुदायको संयुक्त आयोजनामा अमेरिकामा जुम मार्फत फेसबुक लाईभमा प्रत्यक्ष्य प्रसारण गरि भब्य मनाउने कार्येक्रम रहेको छ ।

नेपाली अमेरिकन सामुदायिक केन्द्रको कल्चर महिला टिम र तराईबासी दाजु भाई,दिदि बहिनीहरु तयारीमा जुटी सक्नु भएको छ।
१९ तारीख शनिवार तारिख १० बजेदेखि जुम र फेसबुक लाईभमा सुरु हुने यो कार्यक्रममा सबैलाई हार्दिक निमन्त्रणा छ ।साथै उक्त कार्येक्रममा नेपालका केहि झलक र सांस्कृतिक कार्यक्रमहरु पनि रहेको छ।

कार्यक्रमको बृस्तित जानकारी छिटै प्रकासित गरिने छ ।

आयोजक,
नेपाली अमेरिकन सामुदायिक केन्द्र(NACC ) अमेरिका

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">