US Khabar

मिलन – दुर्गा दाहाल

- Admin | ३ वर्ष पहिले प्रकाशित

मिलन – दुर्गा दाहाल

मिलनका सपना प्रण पूर्ण हून्
मिलनका प्रियता प्रतिभा फुलून् ।
मिलनका मति औ ममता मिलून्
मिलनका बिपना मन दिव्य हून् ।। १।।

मिलन जीवनमा मुदिता ( प्रसन्ना ) बनून्
मिलन कर्म गरेर सुखी रहून् ।
मिलन धर्म धरेर सधैं रमून्
मिलन ध्यान र ज्ञानकला सिकून् ।। २।।

पति पिताजननी गुरुजी जपून्
प्रणव पावनका गरिमा चिनून् ।
प्रखर बुद्धि लिई रचना रचून्
प्रगतिका पथका सुविधा लिऊन् ।। ३।।

भजनका जनका महिमा बुझुन्
धन र धान्य दिने पृथिवी पुजून् ।
सुखद भाव भरी भगवान् भजून्
मिलनका दिन शान्त पवित्र हुन् ।। ४।।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">