अमेरिकाले राष्ट्रपतीय चुनावमा जो बाइडेनको जित भएको पुष्टि भएको छ । अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडेनको जित भएको पुष्टि गरेका हुन् ।
अमेरिकी प्रणालीअनुसार मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोरल कलेज सदस्यहरुले राष्ट्रपतिका लागि मत दिन्छन् । इलेक्टोरल कलेजले बाइडेनको जित पुष्टी गरेसंगै अव अमेरिकामा राष्ट्रपती जो बाइडेन रहने आधिकारिकताको बाटो खुल्ला भएको छ ।
नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल मत पाएका थिए भने उनको विपक्षी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल कलेज मत प्राप्त गरेका थिए । डेमोक्र्याटिक उम्मेदवार बाइडनले ट्रम्पलाई चुनावमा हराएर राष्ट्रपति चुनिएका हुन् । बाइडनले देशव्यापी रूपमा ट्रम्पको भन्दा सात करोड बढी मत ल्याएका छन्।
नव निर्वाचित राष्ट्रपति बाइडेनले अब आउँदो जनवरी २० तारिखमा राष्ट्रपतिको शपथ लिने कार्यक्रम रहेको छ ।
यता राष्ट्रपति ट्रम्पले भने चुनावमा धाँधली भएको भन्दै चुनावी परिणाम अस्वीकार गर्दै आएका छन् । आरोप सहित उनका तर्फबाट मुद्धा समेत परेको थियो तर अमेरिकाको सर्वोच्च अदालतले प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको प्रयासलाई अस्वीकार गरेको गर्दै टेक्सस, जर्जिया, मिशिगन, पेन्सिल्भेनिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गरेको थियो ।
ट्रम्पको यो आरोपलाई खण्डन गर्दै संक्षिप्त आदेशमा सर्वोच्च अदालतले शुक्रवार उक्त मुद्दालाई सर्वोच्च अदालतमा अघि बढाउने कुनै कानुनी आधार नभएको उल्लेख गरेको हो ।
प्रतिक्रिया