ईरानका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्डको सजाय दिइएको छ । ईरानी सर्वोच्च अदालतको फैसला अनुरुप पत्रकार जामलाई शनिबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको हो।
४७ वर्षिय पत्रकार जामले सन् २०१७ मा देशको आर्थिक अनिमियतता बारे अनलाइन मार्फत समाचार पोष्ट गरेका थिए । जसको कारण इरानमा सरकारविरोधी प्रदर्शनहरु भएका थिए ।
झण्डै चार सय जनाको मृत्यु र हजारौँ घाइते भएको सो प्रदर्शन पत्रकार जामकै कारण सृजना भएको भन्दै उनलाई दोशी ठहर गरिएको थियो । यहि कारण निर्वासित जीवन समेत बिताउनु परेका पत्रकार जामलाई सन् २०१९ मा पत्रकार जाम पक्राउ गरिएको थियो ।
जामले लेखेको समाचारले ईरानी सरकारको चरम लापरवाहीलाई ठाडो चुनौती दिएको यस घटनापछि समेत उनले सरकारले प्रदर्शनकारी माथि गरेका दुव्र्यवहार र दमनको बिरोधमा समेत समाचार सम्प्रेसण गरेका थिए ।
टेलिग्राम एप्स मार्फत समाचार संप्रेषण गर्दै आएका जाम कार्यरत अमाड न्यूज फिड अत्याधिक फ्यानहरु रहेका छन् । त्यसैले पनि उनको मृतृदण्डको सर्वत्र बिरोध भै रहेको छ । रिपोर्टर्स विदाउट बोर्डर्सले समेत पत्रकार जामलाई मृत्युदण्ड दिइनु मानव अधिकारको ठाडो उल्लंघन भएको भन्दै आपत्ती जनाएको छ ।
इरानी सर्वोच्च अदालतले फैसला सुनाएको चार दिनपछि पत्रकार जामलाई मृत्युदण्ड दिइएको हो।
प्रतिक्रिया