अमेरिकाको क्यालिफोर्निया स्थित श्री पशुपतिनाथ फाउण्डेशनले संस्थापक बोर्ड सदस्य प्रकाश चन्द्र घिमिरेको निधनप्रति गहिरो दुख ब्यक्त गरेको छ । फाउण्डेशनले ५७ बर्षिय स्व. घिमिरेप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै उनको निधनप्रति गहिरो शोक ब्यक्त गरेको हो ।
फाउण्डेशनका अध्यक्ष गोकुल पौड्यालद्वारा सार्वजनिक शोक बक्तब्यमा अल्पआयुमानै जीवन गुमाएका स्व. घिमिरेको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनमा धैर्य धारणको शक्ती प्राप्तीका लागि कामना गरिएको छ ।
लामो समयदेखी क्यालिफोर्नियामा रहँदै आएका प्रकाश घिमिरे केही समययता नेपालमा थिए । नेपालमा रहेकै समय उनको निधन भएको हो । नेपाल अमेरिका एकता समाज, लस एन्जलसका अध्यक्ष समेत रहेका घिमिरे अमेरिकामा रहेर पनि सामाजिक सेवामा क्रियाशिल साथै साहित्य क्षेत्रमा पनि सक्रिय रहँदै आएका स्रष्टा हुन् ।
प्रतिक्रिया