नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको आशंका ब्यक्त गरेका छन् । सोमबार सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
बिरोध सभालाई संबोधन गर्दै देउवाले हाल देशका बिभिन्न स्थानमा भै रहेका राजाबादी प्रदर्शनीका लागि ओली सरकार नै जिम्मेवार रहेको बताएका हुन् ।
उनले राजा आउने कुरामा कसैले पनि भ्रम नपाले हुन्छ भन्दै राजा कुनै पनि हालतमा आउन नसक्ने बताए ।
सभापती देउवाले बर्तमान सरकारले कोरोना शीर्षकमा पनि भ्रष्टाचार गरेको आरोप समेत लगाएका छन् ।
साथै सभापति देउवाले सरकार बिरोधी प्रदर्शनमा सहभागी नेता, कार्यकर्ता संचार माध्याम लगायतलाई धन्यवाद समेत दिएका छन् । सामाजिक संजाल ट्विटरमा केही बेर अघि ट्विट गर्दै देउवाले भनेका छन्:-
प्रतिक्रिया