US Khabar

आमाको हत्या भएको ५ बर्षपछि अफगानिस्तानकी महिला पत्रकारको गोली हानी हत्या

- Admin | ३ वर्ष पहिले प्रकाशित

आमाको हत्या भएको ५ बर्षपछि अफगानिस्तानकी महिला पत्रकारको गोली हानी हत्या

अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको छ । रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार मलाला माइवन्दको कार्यलय जाने क्रममा गोेली हानि हत्या गरेको हो ।

सामाजिक अभियन्ता समेत रहेकी पत्रकार माइवन्दले पत्रकार महिलाको हकहितका लागि आवाज उठाउँदै आएकी थिईन् । स्थानिय समाचारका अनुसार ५ बर्ष अघि उनकी आमाको पनि गोली हानी हत्या गरिएको थियो ।

उनको हत्याको जिम्मा अहिले सम्म कसैले नलिएको भएपनि पत्रकार मलाला कार्यालय जाँदै गर्दा हतियारधारी समूहले उनी चढेको गाडीमा आक्रमण गरेका थिए । आक्रमणमा उनका गाडी चालक र उनको पनि ज्यान गएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">