US Khabar

टेक्ससमा पानीको ईनारमा खसेका ४ बर्षिय बालकको ६ घण्टापछि जिबितै उद्धार

- Admin | ३ वर्ष पहिले प्रकाशित

टेक्ससमा पानीको ईनारमा खसेका ४ बर्षिय बालकको ६ घण्टापछि जिबितै उद्धार

अमेरिकाको टेक्ससमा पानीको ईनारमा खसेका ४ बर्षिय बालकको जिबितै उद्धार गरिएको छ । बालक ईनारमा खसेको ६ घण्टापछी उद्धार टोलीले उनको सफलतापूर्वक उद्धार गरेका हुन्।

८ इन्चको इनारमा खसेका ति बालकलाई शेरीफको कार्यालय, ला रोसिटा फायर डिपार्टमेन्ट, रोमा फायर डिपार्टमेन्ट, मिशन फायर डिपार्टमेन्ट र स्टारर काउन्टी मेमोरियल अस्पताल आपतकालीन सेवाहरू लगायतका सदस्यहरूको लामो प्रयासपछि उद्धार गरिएको थियो ।

खसेको ६ घण्टा पछि उद्धार गरिएको प्रहरीले जनाएका छन । गत मंगलबार उनि त्यहाँ खसेका थिए ।स्टार काउन्टी शेरिफले सबैको प्रार्थना र सहभागिताको कारण उनको ज्यान बचेको भन्दै सामाजिक संजालमा उक्त कुरा उल्लेख गरेपछि यस घटनामा खटिएका उद्धार टोलीको तारिफ र बालकको स्वास्थ्य लाभको कामना गर्नेहरु बाक्लो संख्यामा देखिएका छन् ।

बालक छिमेकीको पशु पालन गर्ने फार्ममा रहेको ईनारमा खसेका थिए । उनि खसेको र उद्धारमा कठिनाई रहेको कुरा प्रहरीलाई खबर गरिएको थियो ।

लामो समयपछि उद्धार गरिएका ति बालकलाई यतिबेला अस्पतालमा राखिएको छ र उनको अवस्था सामान्य रहेको शेरिफ कार्यालयले जनाएको छ ।
(एजेन्सी)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">