US Khabar

गौतमबुद्ध क्रिकेट रंगशालामा राष्ट्रिय खेलाडीका साथ माघ २४ गते च्यारिटी खेल हुँदै

- Admin | ३ वर्ष पहिले प्रकाशित

गौतमबुद्ध क्रिकेट रंगशालामा राष्ट्रिय खेलाडीका साथ माघ २४ गते च्यारिटी खेल हुँदै

चितवनमा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको सहयोगका लागि च्यारिटी खेल हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगका लागि गर्न लागिएको यो खेल माघ २४ गते हुने भएको हो ।

अबको १८ महिनामा रंगशाला सम्पन्न गर्ने योजना सहित धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको यस रंगशालामा सो दिन राष्ट्रिय टिमका खेलाडी र कलाकारबीच हुने खेलको आयोजना गृष्मा ब्रोडकास्टिङले गर्न लागेको हो । जसमा राष्ट्रिय क्रिकेटरको टिममा पारस खड्कासहित सन्दिप क्षेत्री, नरेश पौडेल, रामकृष्ण ढकाल र प्रमोद खरेल लगायतका खेलाडी खेल्नेछन ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">