कोरोना भाईरसका कारण विश्वका विभिन्न मुलुकमा ३ सय १ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वब्यापी महामारी कोभिडबाट यस साता पनि थप नेपालीको मृत्यु भएसंगै नेपाल बाहीर रहेका ३ सय १ जना नेपालीको मृत्यु भएको हो ।
समितिका अनुसार यो साता जर्मनीमा १ जना, र भारतमा १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको छ ।
थप २ जना नेपालीको विदेशमा संक्रमणबाट मृत्यु भएसँगै मृतकको कुल संख्या ३०१ पुगेको हो । त्यो मध्य शनिबार साँझसम्म विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन् । समितिका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
प्रतिक्रिया