US Khabar

राजाबादी प्रदर्शनको सन्त्रास: अमेरिकी दुतावासले जारी गर्यो आफ्ना नागरिक र प्रतिनिधीका नाममा सुचना

- Admin | ३ वर्ष पहिले प्रकाशित

राजाबादी प्रदर्शनको सन्त्रास: अमेरिकी दुतावासले जारी गर्यो आफ्ना नागरिक र प्रतिनिधीका नाममा सुचना

देशका बिभिन्न जिल्ला तथा काठमाडौं उपत्यकामा राजावादी प्रदर्शन हुन थालेपछि काठमाडौं स्थित अमेरिकी राजदूतावासले आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ । दुतावासले राजनीतिक विरोध र प्रदर्शनका कार्यक्रमबाट जोगिन अमेरिकी नागरिक र संघ\संस्थाका प्रतिनिधिलाई निवासमै रहन आग्रह गरेको हो ।

आफ्ना नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गर्दै अमेरिकी राजदूतावासले विशेष सूचना समेत जारी गरेको छ । राजधानीका माइतिघर तथा अन्य स्थानमा भएका प्रदर्शनलाई लिएर दुतावासले सचेतना सुचना जारी गरेको हो ।

अमेरिकी दूतावासले जारी गरेको सूचनामा भनिएको छ– ठूलो भीड वा विररोध कार्यक्रमका कारण कतै फसियो भने जतिसक्दो छिटो त्यहाँबाट निस्किन तथा नसकिने अवस्था छ भने नजिकैका सुरक्षित स्थानमा आश्रय लिन आफ्ना नागरिक तथा पदाधिकारीलाई सुझाव दिएको छ ।

नेपालका अमेरिकी नागरिकलाई स्थानीय सञ्चारमाध्यम हेर्न, सुन्न र पढ्न पनि अनुरोध समेत गरेको दुतावासले कुनै शंकास्पद वस्तु फेला परे तत्काल नेपाल प्रहरीलाई सूचना दिन अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">