US Khabar

गैंडाको खाग तस्कर र प्रहरीबिच बुटवलमा झडप- गोली चल्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

गैंडाको खाग तस्कर र प्रहरीबिच बुटवलमा झडप- गोली चल्यो

बुटवलको सुख्खानगरमा रहेको एक होटलमा गोली चलेको छ । बुटवलको कलश होटलमा गैँडाको खाग तस्कर गर्ने समुह र प्रहरी बिच झडप हुँदा तस्कर भक्तपुर बस्ने राकेश न्यौपाने घाईते भएका हुन् ।

होटलमा गैंडाको खाग तस्कर गर्ने समूह बसेको सुचनाका आधारमा कलश होटल पुगेको प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिन खोज्दा तस्करले प्रहरीको पेस्तोल खोसेर गोली चलाएको थियो । तर सो गोली आफ्नै समुहका तस्करलाई लाग्दा उनि न्यौपाने घाईते भएका हुन् ।
घाईते तस्कर न्यौपानेलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको छ ।

तस्कर समुहका २ जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । पक्राउ पर्नेमा  भक्तबहादुर थापा र कर्णबहादुर राउत रहेका छन् । उनिहरुको साथबाट प्रहरीले  गैँडाको खाग समेत रामद गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">