नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको छ । दिनहुँ थपिदैं गएका संक्रमितको मृत्युदर बढेसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको हो ।
गत चैत पहिलो साताबाट नेपालमा फैलिएको कोरोना संक्रमणबाट हाल सम्म नेपालमा २ लाख ३३ हजार ४ सय ५२ जना संक्रमित भएका छन् । जसमध्य २ लाख १४ हजार ५ सय २१ ज्ना निको भएर पहिलेकै अवस्थामा फर्किएका छन् ।
त्यस्तै हाल सम्म विश्वमा कोरोना संक्रमणबाट संक्रमित संख्या ६ करोड, ३६ लाख, ४९ हजार २ सय ९२ पुगेको छ । जसमध्य १४ लाख ७५ हजार १ सय ५७ जनाको मृत्यु भै सकेको छ ।
प्रतिक्रिया