राजतन्त्रको पक्षमा काठमाडौंमा पनि प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको आयोजनामा राजतन्त्रको पक्षमा उपत्यकाब्यापि प्रदर्शन भएको हो ।
पृथ्वीनारायण शाहको तस्बिर अंकित प्लेकार्ड बोकेर हजारौंको संख्यामा आएका प्रदर्शनकारीहरुले राजतन्त्रको पक्षमा काठमाडौंको माईतीघर मण्माडला हुँदै नयाँ बानेश्वर सम्म रातजन्त्र पक्षमा नाराबाजी सहित प्रदर्शन गरेका थिए । बानेश्वरमा कोण सभा राखिएको सो प्रदर्शनमा राजतन्त्र जिन्दावाद र गणतन्त्र मुर्दाबाद, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, गणतन्त्र चाहिदैन, देश बेच्न पाईदैन जस्ता नाराका साथ बिभिन्न सरोकारबाला संघ संस्था र स्वत स्फुर्तरुपमा आएकाहरुको बाक्लो उपस्थिती रहेको थियो ।
केही दिनयता देशका विभिन्न शहरमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा प्रदर्शनहरू हुँदै आएका छन्।
प्रतिक्रिया