US Khabar

बलिउडका १६ हजार मजदुरलाई नायक सलमान खानको सहयोग

- Admin | ३ वर्ष पहिले प्रकाशित

बलिउडका १६ हजार मजदुरलाई नायक सलमान खानको सहयोग

भारतीय सिने जगतका चर्चित कलाकार सलमान खानले कोरोनाको कारण लकडाउनकाले अति प्रभावित फिल्म उद्योगका १६ हजार ज्यालादारी मजदुरहरुलाई आर्थिक सहयोग गर्ने भएका छन।

ज्यालादारी मजदुरको खाताको विवरण प्राप्त हुनासाथ उनीहरुको खातामा कलाकार खानले पैसा जम्मा गर्ने व्यवस्था मिलाउन लागेको भारतीय संचार माध्यमले जनाएको छ ।

तीमध्ये केही श्रमिकले स्वेच्छाले आफ्नो आर्थिक स्थिती महामारीसँग जुध्नका लागि कठिन भएको बताउँदै एफडब्ल्यूआईसीईसँग आर्थिक सहयोग गर्न भनेको थियो।

जसमध्ये ३ हजार मजदुरहरुले पहिले नै यशराज फिल्म्सबाट ५ हजार भारु पाइसकेका छन ।एफडब्ल्यूआइसीईका महासचिव अशोक दुबेका अनुसार आर्थिक सहयोग नपाएका मजदुरहरुको विवरण सलमान खानलाई पठाएका छौं र उनले पैसा पठाउन सुरु गरिसकेका छन् ,चाँडै नै सबैले पैसा पाउनेछन् ।’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">