अछाममा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् । अछामको मंगलसेनबाट धनगढीतर्फ आउँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस चौरपाटी गाउँपालिका-७ मा दुर्घटना हुँदा मानिसको मृत्यु सहित ठुलो संख्यामा घाईते भएका हुन् ।
दुर्घटनामा परि मृत्यु हुनेमा साँफेबगर नगरपालिका ३ का करिव १७ वर्षीय किशोर निरज कुँवर छन्। गम्भिर घाईते भएका कुँवरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
सडकखण्डबाट करिब ४० मिटर तल खसेको सो बसमा चालक सहित १८ जना घाइते भएका छन्।
प्रतिक्रिया