US Khabar

चिनियाँ रक्षामन्त्री वेई फेङ नेपाल आईपुगे: आजै बंगलादेश जाँदै

- Admin | ३ वर्ष पहिले प्रकाशित

चिनियाँ रक्षामन्त्री वेई फेङ नेपाल आईपुगे: आजै बंगलादेश जाँदै

चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ काठमाडौं आईपुगेका छन् । नेपालको एक दिने औपचारिक भ्रमणका लागि आज बिहान १० बजेर ३५ मिनेटमा रक्षामन्त्री फेङ नेपाल आईपुगेका हुन् ।

बोइङ ७३७ बिमान मार्फत नेपाल आएका चिनियाँ रक्षामन्त्री फेङ सहितको प्रतिनिधि मण्डललाईत्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गृह मन्त्री रामबहादुर थापाले स्वागत गरेका थिए ।

कार्यक्रम तालिका अनुसार रक्षामन्त्री फेङले आज प्रधानसेनापति पूर्णचन्द्र थापासंग प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गर्नेछन् भने बालुवाटारमा प्रधानमन्त्री ओली र शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेट गर्नेछन् ।

आजै बंगलादेश प्रस्थान गर्ने तयारीमा रहेको फेङ सहितको प्रतिनिधिमण्डल परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास पुगेर दिवाभोज गरेपछि औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्ने कार्यक्रम रहेको छ ।

तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा जाँदा गरेको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री नेपालको एक दिने भ्रमणमा आएका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">