गैर आवासीय नेपाली संघ एनआरएन अमेरिका नर्थ क्यारोलाइना च्याप्टरद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एनआरएन अमेरिकाका उपाध्यक्ष बुद्धि सुवेदीको प्रमुख आतिथ्यमा अयोजित रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
शनिवार बिहान ९ बजेबाट मध्यान्ह २ बजे सम्म चलेको यस रक्तदान कार्यक्रमको मुख्य उद्येश्य कोभिड १९ ले निम्त्याएको महामारीका कारण हुन सक्ने रगतको अभाव परिपूर्ती गरी जीवन रक्षामा सहयोग पुर्याउने रहेको आयोजक नर्थ क्यारोलाइना च्याप्टरले जनाएको छ ।
६० जनाले रक्तदान गरेको यस कार्यक्रमबारे बोल्दै प्रमुख अतिथी बुद्धि सुवेदीले रक्तदान कार्यक्रम आफैमा पुन्य काम भएको र यस प्रकारका मानविय धर्ममुलक कार्यक्रम एनआरएनए अमेरिकाका बिभिन्न च्याप्टरले आयोजना गर्न सके सकारात्मक सन्देस सहित रगतको अभावका कारण असजिलोमा परेकाहरुलाई सहयोग पुग्ने बताए ।
एनआरएनए अमेरिकाले सुरु गरेको मेम्वरसीप बितरण सम्बन्धी जानकारी दिँदै उपाध्यक्ष सुवेदीले सबैलाई सदस्यता लिनका लागि अनुरोध समेत गरेका छन् ।
च्याप्टरका अध्यक्ष कुलानन्द शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा, एनसिएनसी सभापति रविन कार्की, एनआरएनएका पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, एनआरएन अमेरिकाका सल्लाहकार गोविन्द सुवेदी,राधा पौडेल, हरिहर भट्टराई, जन सम्पर्क समिति अमेरिकाका उपाध्यक्ष अनन्त सुवेदी , जनसम्पर्क समिति नर्थ क्यारोलाईनाका सभापति चिरिन्जीवी भट्टराई लगायतका ब्यक्तीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
प्रतिक्रिया