US Khabar

न्युयोर्कका कोभिड संक्रमितलाई बचाउँदै आएका ३३ बर्षिय नेपाली डा. रोशन झाको अकल्पनिय निधन

- Admin | ३ वर्ष पहिले प्रकाशित

न्युयोर्कका कोभिड संक्रमितलाई बचाउँदै आएका ३३ बर्षिय नेपाली डा. रोशन झाको अकल्पनिय निधन

न्युर्योकको अस्पतालमा कार्यरत नेपाली डाक्टर रोशन झाको निधन भएको छ । न्युयोर्क रोचेष्टरको रोचेस्टर जनरल अस्पतालमा कार्यरत ३३ बर्षिय डा. झाको अचानकको ह्रदयघातका कारण अकल्पनिय निधन भएको हो ।

पुख्यौली घर धनुषाको देवपुरा रुपेठा भै हाल अमेरिकामा रेजिडेन्ट डाक्टरका रुपमा कार्यरत थिए । कोभिड १९ को उच्च जोखिममा रहेको अमेरिकाको न्युर्योकमा संक्रमणको सुरुवाती दिनबाट नै अग्रपंतीमा रहेर काम गरेका डा. झा अरुलाई बचाउँदा बचाउँदै धर्तीबाट बिदा भएका हुन् । सन् २०१८ मा अमेरिकामा रेजिडेन्ट डाक्टरका रुपमा काम सुरु गरेका उनि मृत्यु हुने दिन बिहान सम्म बिरामीको उपचारमा खटेका थिए । खाना खान अस्पतालबाट घर फर्कने तयारीमा रहेका डा. झाको दिउँसो अचानक ह्रदय घातबाट निधन हुँदा परिवार र आफन्त शोकमा डुवेका छन् ।

बिहान समेत विरामीको चेक गरेका उनको दिउसो अचानक हृदयघातबाट निधन भएको हो । श्रीमती श्वेता ठाकुरले बिहानको खाना बनाएर उनलाई पर्खेर बसेकी थिइन्। तर दुर्भाग्य उनले त्यो खाना खान पाएनन्।

काठमाडौंको सेन्ट जेभियर्सबाट प्लस टु गरेका झाले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र एमडी गरेका थिए । केही समय काठमाडौंको अलका अस्पतालमा समेत काम गरेका उनको रेजिडेन्ट कोर्स आगामी जुलाई २०२१ मा सकिन लागेको थियो ।

श्रीमती श्वेता ठाकुरसंगै न्युयोर्कमा रहँदै आएका उनकी श्रीमती श्वेता  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डेन्टल सर्जरीमा ब्याचलर र हाल न्युयोर्कको बफेलोमा डेन्टल मेडिसिनकी विद्यार्थी हुन् ।

आफुले अध्ययन गरेको ऋण समेत तिर्न नपाई अल्पआयुमै जीवन गुमाएका झाको परिवारको सहयोगार्थ गो फण्ट सञ्चालन गरिएको छ । परिवारमा ३ लाख डलर ऋण भएकाले यो गो फन्ड संचालन गरिएको हो ।

 

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">