अमेरिकाको टेक्सस निवासी नेपाली चेली मन्जु दुलाल मार्का दूत धोषित भएकी छन् । टेक्ससको अस्टिनमा बस्दै आएकी सौन्दर्यविद दुलाललाई कान्छि मार्का दुत अर्थात जुनियर ब्रान्ड राजदूतमा मनोनित गरेको हो ।
मनोनित दुलाललले टेक्ससको अस्टिन शहरका लागि प्रतिनिधित्व गर्नेछिन् । अस्टिनमा टच सेलुन नामक सौन्दर्य व्यवसाय संचालन गर्दै आएकी उनलाई मनोनित गरेको सो प्रतिष्ठानले उनको कामको मुल्याकंन गर्दै सम्मान स्वरुप यस पदका लागि मनोनित गरेको हो ।
काठमाडौैं घर भै लामो समयदेखी अमेरिकामा रहँदै आएकी दुलालले सो प्रतिष्ठानलार्य धन्यवाद दिएकी छन् । जसले बिश्वब्यापी अङ्किय पत्रिका युनिभर्सल इनह्यान्स क्रिएटर्स प्रकाशन गर्दै आएको छ ।
विगत दुई दशकदेखी सौन्दर्य व्यवसायमा आवद्ध दुलाललाई यस सम्मान प्रदान गर्ने प्रतिष्ठानले मनोरन्जन र सौन्दर्य क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गर्दै गाएको छ । जस अन्तरगत सौन्दर्य प्रतियोगीता, चलचित्र निर्माण, मोडल प्रतिष्पर्धा भेषभुषा लगायत रहेका छन् ।
प्रतिक्रिया