काठमाडौं, २४ कार्तिक। सत्तारुढ नेकपाका केन्द्रीय सदस्य दिलु पन्तले नेकपामा कौरव प्रवृत्ति हावी भएकाले एकता प्रक्रिया संकटमा परेको बताएकी छिन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले कौरव प्रवृत्तिविरुद्ध लड्नुपर्ने समेत बताएकी छिन्।
नेतृ पन्तले राजनीतिलाई व्यापार होइन, जनसेवा र विचारको संकल्पको रुपमा बुझ्न पनि आग्रह गरेकी छिन्। उनले लेखेकी छिन्, ‘‘राजनीतिक प्रतिवद्धता व्यापार होइन, जो नाफाको लागि गरिन्छ। त्यो त पवित्र मन र महान विचारको संकल्प हो, जो बलिदानीपूर्ण कठोर त्याग र समर्पणबाट मात्र पूरा गर्न सकिन्छ। तेसैले प्रतिवद्धताहरु द्वैध मनस्थितिको दोबाटो तथ संकिर्णताको कमजोर जगमा बसेर होइन, विशाल दृष्टिकोणसहित खुल्ला हृदयले हातेमालो गर्दै अगाडि बढनुपर्छ।’’
यस्तो छ पन्तको स्टाटस
राजनीतिक प्रतिवद्धता व्यापार होइन, जो नाफाको लागि गरिन्छ। त्यो त पवित्र मन र महान विचारको संकल्प हो, जो बलिदानीपूर्ण कठोर त्याग र समर्पणबाट मात्र पूरा गर्न सकिन्छ। तेसैले प्रतिवद्धताहरु द्वैध मनस्थितिको दोबाटो तथ संकिर्णताको कमजोर जगमा बसेर होइन, विशाल दृष्टिकोणसहित खुल्ला हृदयले हातेमालो गर्दै अगाडि बढनुपर्छ। आफै साक्षी भएर गरिएका प्रतिवद्धताहरुप्रति आफै उदासिन बन्नु र बिर्सेको धृष्टता गर्नु कायरताको पराकाष्ठा हो। यो पनि सम्झौ कि हामीले धेरैपटक दोर्याएर मुखाखर गरिएको ती कथाहरुमा कौरवहरुको पराजय कसरी भयो भन्ने ख्याल त राखेकै छौं होला। समस्याहरु समाधान त्यहीबाट हुन्छ, जहाँ छन्। गरिएका प्रतिवद्धताहरु इमान्दारितापूर्वक पूरा गरौं। जसले गर्दा लाखौँ विषय पीडित जनताको आशा, भरोसाको खाबो भई समयको नेतृत्व गर्न सकियोस्। नेकपाको एकतालाई पैतलाको मुनिको धुलो नसोचियोस्।
साभार:
प्रतिक्रिया