US Khabar

गीतकार रविन पियाको सुन हैन तिम्रो माया सार्बजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

गीतकार रविन पियाको सुन हैन तिम्रो माया सार्बजनिक

टेक्सास , अमेरिका

फाइन आर्टका चमत्कारिक कलाकार रविन पियाको बुनियाद गीतको भिडियो सार्वजनिक भएको छ। सुन हैन तिम्रो माया…गुनी भनी लाएको माया बैगुनी परेछ बोलको गीत विश्वव्यापी एकसाथ गीतकार पियाको पर्सनल युट्युब च्यानलवाट सार्वजनिक भएको हो।

आफैले धेरै विश्वास गरेर माया गरेको मान्छे बैगुनी निस्केको यथार्थतालाई चिर्दै गीतकार पियाले नेपाल वाहिर परदेश विरानो मुलुक अमेरिकामा सिर्जना गरेको त्यो गीतमा गीतकार पियाकै सुयोग्य सुपुत्र इनेश पियाको गायन रहेको छ। युगिन संगीतकार सुरेन्द्र मुखियाको संगीत रहेको गीतकार पियाको मार्मिक यथार्थवादी गीतको भिडियोमा फिचरिङ गायक इनेश पियाकै रहेको छ।

नेपाल तथा अमेरिकाको रमणिय स्थानहरुलाई समेटिएर गजबले सम्पादन गरेका मनमोहक दृश्यहरुलाई गीतको भिडियोको कथावस्तु अनुसार मनमोहक रुपमा संयोजन गरिएको छ। यसअघि दर्जनौ गीतका भिडियो सार्वजनिक गरिसकेका गीतकार पियाको चित्रजस्तै यथार्थताको सचित्र रहेको छ। यस गीतलाई गीतकार पियाले अमर पुत्र नै भनेका छन्।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">