विश्वब्यापी माहामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट ईटालीमा एक सय एक जना चिकित्सकको मृत्यु भएको छ । ईटालीमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुन १८ हजार २०० मभ्य १०१ जना चिकित्सकहरु रहेको तथ्याङ सार्वजनिक भएको हो ।
मृत्यु हुने चिकित्सकहरु सबै कोरोना संक्रमितको उपचारमा संलग्न रहेका चिकित्सक हुन् । संक्रमित निकट रहेर सेवा दिंदै आएका उनिहरुमा कोरोना भाईरस बिरामीबाट नै सरेको थियो ।
ठुलो संख्यामा संक्रमित बढेपछि ईटाली सरकारले सेवा निवृत्त चिकित्सक र भर्खरै सेवा सुरू गरेको युवा चिकित्सक समेतलाई उपचार सेवामा खटाएको थियो । मृतक मध्य धेरै जसो चिकित्सक पनि यिनै रहेका छन् । उनिहरुको मृत्युप्रति दुख ब्यक्त गर्दै ईटाली सरकारले जनताको जीवन रक्षाका लागि आफ्ना चिकित्सकलाई व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० बिना नै कोभिड–१९ को महामारी नियन्त्रणका लागि कार्यक्षेत्रमा पठाउन बाध्य भएको स्मरण गर्दै जन स्वास्थ्य सुरक्षाका क्रममा निधन भएकाहरु प्रति समबेदना प्रकट गरेको छ ।
प्रतिक्रिया