US Khabar

कार्तिक २३ गते दोबाटोको चौतारीमा भेटिदैं गायक गुणराज

- Admin | ३ वर्ष पहिले प्रकाशित

कार्तिक २३ गते दोबाटोको चौतारीमा भेटिदैं गायक गुणराज

नेपाली कला क्षेत्रमा पछिल्लो समय सफल सांगीतिक यात्रामा निरन्तर देखिएको अनुहार र नाम हो गुणराज श्रेष्ठ । ‘हल्ला धेरै भो’, ‘घार्र घुर्र’, ‘पिरतीमा’, ‘निष्ठुरीले’, ‘निवेदन’ लगायतका गीतहरुमा आवाज र अभिनय भरेका श्रेष्ठको नयाँ गीत सार्वजनिकको अन्तिम तयारीमा रहेको छ ।

सोमबार उनले आफ्नो नयाँ गीतको पोष्टर सार्वजनिक गरेसंगै यो गीतको सार्वजनिक मिती तय भएको हो भने मंगलबार पनि उनले सोही गीतको अर्को पोष्टर सार्वजनिक गरेका छन् । ‘दोबाटोमा चौतारी’ बोलको यो गीतको पोष्टरमा टिकटक मार्फत लोकप्रियता हासिल गर्दै कलाकारितामा प्रवेश गरेका मोडल सुधिर श्रेष्ठ, पछिल्लो समयकी ब्यस्त मोडल श्रृष्टी खड्का र गायक श्रेष्ठ स्वयं अनुबन्धित रहेका छन् ।

संचारकर्मी तथा गीतकार सुष्मा देवकोटाको शब्द, चलचित्र तथा सुगम संगीतमा चर्चा बटुलिरहेका संगीतकार सुवास भुषालको संगीतमा रहेको ‘दोबाटोमा चौतारी’ गीत गायक गुणराज र गायिक अस्मिता अधिकारीको युगल आवाजमा रहेको गीत हो । जसमा उदयराज पौडेलले संगीत संयोजन रहेको छ ।

कार्तिक २३ गते गायक गुणराजको आधिकारीक यूटुव च्यानल मार्फत सार्वजनिक हुने घोषणा गरिएको यस गीतको भिडियोलाई निसन कस्यपले निर्देशन तथा सम्पादन गरेका हुन् भने भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी र उत्सव दाहालको छायांकन रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">